ताजा जानकारी

परिचय

परिचयः

नेपालको संविधान, २०७२ को मर्मानुसार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको स्थापना एवं पूर्ण कार्यान्वयन गर्न केन्द्रिकृत एवं एकात्मक राज्यव्यवस्थावाट नेपाल अधिराज्यलार्इ ७(सात) प्रदेशमा विभाजन गरी प्रदेश नं. २ अस्थायी राजधानी जिल्ला धनुषा, जनकपुरधाममा कायम गरी मिति २०७४।११।०३ मा स्थापना भएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं. २ अन्तरगत मिति २०७७।०६।२८ मा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय प्रदेश नं. २ को स्थापना भएको हो । पूर्वमा प्रदेश नं.१ सप्तकोशी, पश्चिममा वगमती प्रदेश ठोरी, उत्तरमा प्रदेश नं. १ र वागमती प्रदेश, दक्षिणमा भारतको विहर राज्यसंग सिमाना जोडिएको कुल क्षत्रफल ९,६६१ वर्ग किलो मिटरमा फैलिएको मधेश प्रदेशको ८(आठ) जिल्ला यस निर्देशनालयको कार्यक्षेत्र रहेको छ । उद्योग पर्यटन तथा वन मन्त्रालयको उद्योग क्षत्र अन्तरगतका कार्यवोझलाई न्यूनिकारण गर्ने एवं प्रदेशका उद्योग क्षत्रको विकास एवं सम्वर्द्धन गर्न र आम उपभोक्ताको अधिकारलई संरक्षण गर्ने उदेश्यका साथ यो उद्योग वाणिज्य तथा उपभोक्ता हित  संरक्षण निर्देशनालयको स्थापना भएको हो  ।

copyright@2021